शिक्षा

शिक्षा दिवस मनाउन उपसमिति गठन

काठमाडौँ । चालिसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस (८ सेप्टेम्बर, भदौ २२) भव्यताका साथ मनाउन विभिन्न दश उपसमिति गठन गरिएको छ ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा उक्त दिवस मूलसमारोह समिति गठन गरिएको थियो । सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा आज बसेको मूलसमारोह समितिको बैठकले कार्यक्रम समन्वय उपसमिति, उत्कृष्ट विद्यालय तथा शिक्षक छनोट उपसमिति, स्मारिका प्रकाशन उपसमिति, प्रचारप्रसार उपसमिति र सांस्कृतिक कार्यक्रमलगायत उपसमिति गठन गरेको होे ।

दिवसलाई भव्यताका साथ सफल बनाउन प्रदेश सरकार, मातहतका कार्यालय र प्रत्येक स्थानीय तहलाईसमेत पत्राचार गरिसकिएको मन्त्रालयका अधिकृत कृष्णप्रसाद काप्रीले जानकारी दिए ।