केरला । भारतको केरला राज्यमा आएको मनसुनी बर्षापछि देखापरेको बाढी, डुबान र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या बिहीबार दिउसोसम्म १०४ पुगेको छ ।
राज्यको प्रकोप व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार बाढीका कारण अरु ३६ जना अझै हराइरहेका छन् भने ३६ जना घाइते अवस्थामा छन् ।
प्राधिकरणका अधिकारीहरुले यो विवरण यही अगस्ट ८ देखि अगस्ट १५ ९बिहीबार० दिउसो तीन बजेसम्मको भएको बताएका छन् ।
केरलाको मालापुरम जिल्लामा बाढीको सवैभन्दा धेरै प्रभाव देखिएको अधिकारीहरुको भनाई छ । उनीहरुका अनुसार यस जिल्लामा मात्रै ४३ जनाको मृत्यु भएको छ ।
बाढीबाट १४ जिल्लामा प्रभाव परेकोमा दोस्रो धेरै मानवीय क्षति कोझीकोडेमा भएको छ । त्यस जिल्लामा २७ जनाको मृत्यु भएको विवरण आएको छ भने वायानादमा १२ र कानपुरमा ९ जनाको मृत्यु भएको जनाइएको छ ।
अधिकारीहरुका अनुसार बाढीबाट प्रभावित भएकामध्ये एक लाख ७५ हजार ३७३ जनालाई राज्यका विभिन्न ठाँउमा रहेका एक हजार ५७ ओटा शिविरहरुमा राखिएको छ ।
बाढीबाट मानवीय क्षति भोगेको परिवारलाई चार लाख रुपैँयाका दरले राहत उपलब्ध गराउने घोषणा मुख्य मन्त्री मिनारायी विजयले बुधबार गरेका थिए ।