काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली नेता डा. शेखर कोईरालाले वाईडबडी र एनसेल प्रकरणमा अरबौं रुपैंया भ्रष्टाचार हुंदासम्मपनि राज्य उदाशिन भएको बताएका छन् । ससाना कुराहरुमा पनि विदेशीसंग अनुदान माग्ने तर देशमा भएका यस्ता ठूला भ्रष्टाचारका काण्डहरुलाई अनुसंधान नगर्नु नेपाल र नेपालीका लागि नै दुर्भाग्य भएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै टिप्पणी गरेका छन् ।
डा कोईराला नेपाली काँग्रेसका नेताहरुमा नेकपाले गरेका गलत कृयाकलापको तुरुन्तै बिरोध गर्ने प्रभावशाली नेतामा पर्छन् । उनी तुरुन्तै जनताका पक्षमा प्रतिकृया दिईहाल्ने नेतामा चिनिएका छन् ।
उनको स्टाटस्, ‘वाईडबडी र एनसेल प्रकरणमा अर्बौं रुपैयाँको भ्रष्ट्राचार भैरहेको छ। त्यसको छानबिन गर्न राज्य उदाशिन छ। तर सरकार अती सामान्य कुराका लागि पनि बिदेसीहरुसँग अनुदान मागेर राज्य चलाउँदै छ। देशका लागि यो भन्दा दुर्भाग्य के हुन सक्छ?’