आर्थिक

सिभिल बैंकको शाखा अब बिराटनगरको पुष्पलाल चोकमा

काठमाण्डौ । “समृद्धिको लागिसिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गरे ।

उक्तशाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका प्रदेश नं १ काप्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताए ।

सोही समारोहमासिभिल बैंकका क्षेत्र नं १ काप्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीद्वारा महिलाजागृतितथा वृद्घ आश्रमलाई २५ हजारको चेक पनि हस्तान्तरण गरिएको थियो ।

बचतकर्ताहरुले समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एकमुष्ठ रकमको लाभपाउने एन्यूटी डिपोजिट निक्षेप योजनानेपालमै पहिलो पटक ल्याएको सिभिल बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको छ ।