काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय बैठक कार्तिक १५ गते बस्ने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार १४ गते पदाधिकारी बैठक पुन बस्नेगरि केन्द्रीय समितिको बैठक १५ गतेका लागि सारिएको हो ।
शर्माले सामाजि सञ्जाल ट्वीटर मार्फत आगामि मंसिरमा हुने उपनिर्वाचनको चुनावको तयारीका क्रममा दिपावलिको मध्याह्न कांग्रेस पदाधिकारी बैठक बसेको बताएका छन् ।
उक्त वैठकले बैठकले हार्दिकता र एकतापुर्वक नितिगत धारणा निर्माण गरेको उनले उल्लेख गरेका छन् । साथै अब दुई दिन तिहारपछि तेस्रो दिन काठमाडौमा पुन जुट्ने उनको भनाई छ ।
उनको ट्वीटरः उपचुनावको तयारीका क्रममा दिपावलिको मध्याह्न कांग्रेस पदाधिकारी बैठक बस्यो । बैठकले हार्दिकता र एकतापुर्वक नितिगत धारणा निर्माण गरेको छ ।
अब दुई दिन तिहारपछि तेस्रो दिन काठमाडौमा पुन जुट्नेछौँ । १४ गते पदाधिकारी बैठक पुन बस्नेगरि केन्द्रीय समितिको बैठक १५ गतेका लागि सारिएको छ ।






