काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले आफुहरुको शत्रु कुनै पार्टी नभएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता गुरुले आफुहरुको शत्रु कुनै पार्टी नभई भ्रष्टाचार, बलत्कार, हिंसा र हत्या साथै लम्पसरवादी प्रबृत्ति भएको उल्लेख गरेका छन् ।
उनको ट्वीटरः कास्की रानीपौवाको चुनावी सभामाःहाम्रो शत्रु नेकपा होइन, राप्रपा होइन, नेपाल समाजवादी पार्टी पनि होइन। हाम्रो शत्रु भ्रष्टाचार हो, बलत्कार हो, हिंसा र हत्या हो, लम्पसरवादी प्रबृत्ति हो ।