पोखरा । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपालमा राजनीतिक प्रणलीमा समस्या नभएपनि राजनीतिक सामन्तबादले अपहरण गरेको भन्दै शैलीमा आपत्ती भएको बताएका छन् । राजनीतिक नेतृत्वले आफ्नो पहुचभित्र राख्न व्यावशायीलाई व्यावशाय गर्न नसक्ने वातावरण श्रृजना गरेका छन् । कतिपय व्यावशायी युरोपमा नियम मानेर ब्यापार गरेपनि नेपाल आएपछि तल्लो तहदेखी प्रधानमन्त्री र प्रधानमन्त्रीको पार्टीसम्म कमिशन दिने गरेको दाबी गरेका छन् । नेपालमा राजनीतिक नेतृत्वको आचरणमा समस्या भएको भन्दै कसम खुवाउदैमा दलहरु सुध्रिने सम्भावना नरहेको मिश्रले बताएका छन् ।
पोखराको महत्वपूर्ण शाहीत्यीक कार्यक्रममा बोल्दै उनले गोकर्ण रिसोर्ट जस्तो प्राईम लोकेशनमा रहेको रोपनी जग्गा झण्डै तीन हजार जग्गा प्रति रोपनी ५०० का दरले भाडामा दिनु राजनीतिक आचरणमा समस्याको एउटा महत्वपूर्ण प्रमाण भएको बताएका छन् । दरबारमार्गमा रहेको नेपाल ट्रष्टको जग्गा भाडा, वालुवाटार जग्गा, काण्ड आलम काण्ड, गोकर्ण रिसोर्ट लगायतको काण्ड नमच्चियोस् भन्दै सरकारी कर्मचारी, उपभोक्ता समितिका सदस्य, गाउँको स्कुलको शिक्षक, डाक्टर, ईन्जीनियर, प्राध्यापक लगायत सबै पार्टीको कार्यकर्ता भएको बताएका छन् । देशमा राजनीतिक नेतृत्वका संरचनामा फौजी रुप भएको भन्दै आफूहरुको एजेण्डा भएको भएपनि गाँउमा पुर्याउन सकेका छैनौ तर सरकारी कार्यालयका एक सरकारी कार्यालयमा ६ वटा यूनियन हुनु, संसारमा न्यायकर्मी, शिक्षक, प्राध्यापकलाई कतैपनि संसारका मुलुकमा राजनीतिक दलको कार्यकर्ता बनाएको उदाहरण नभएको दाबी गर्दै ०४६ सालपछिका उच्च राजनीतिकर्मी र प्रशासकको सम्पती छानबिन गर्ने र गलत तरिकाले सम्पती आर्जन गर्नेलाई आफूहरुको जेल हाल्ने एजेण्डा भएको दाबी गरेका छन् ।
देशका राजनीतिक दलले सबै क्षेत्रलाई बिना हतियारको फौजी संरचना निर्माण गरिएको र उक्त संरचना भित्र नरहेमा माथीदेखी तलसम्म कोही नपरेमा व्यापार, सामाजिक जिवन, पेशागत जिवन सुरक्षीत नठान्ने अवस्थाको श्रजना गरिएको दाबी गरे । आफूहरु शसक्त एजेण्डासहित लोककल्याणकारी राज्यब्यवस्थालाई बिस्वास गर्ने बताउँदै शिक्षा र स्वास्थ्यलाई राज्यको मूल दायीत्य सम्झिएको बताएका छन् ।





