काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले यति होलिडङ् प्रा लीलाई २५ बर्षको लागि लिजमा दिईएको जग्गा नेपाल ट्रष्टकै नाममा फर्किनुपर्ने विचार व्यक्त गरेका छन् ।
आफू गृहमन्त्री भएको समयमा नेपाल ट्रष्टको अध्यक्ष रहेको बताउँदै उक्त समयमा पनि बिभिन्न गिरोहरु आफूलाई प्रभावमा राख्न सकृर रहेपनि मुलुकको अहितमा रहेको कार्य गर्नबाट आफू पछाडी हट्दै बैठक नै नराखेको दाबी उपसभापति निधिको दाबी छ ।
सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा, काठमाडौस्थित गोकर्ण जंगल र दरबारमार्गको जग्गानेकपा दुईतिहाई मतको केपी शर्माओली सरकारले आफ्ना नजिकका लाई कौडिको भाउमा बेचेको भन्दै ब्यापक बिरोध भईरहेका बेला नेता निधिको राष्ट्रियताको सवालमा कडा प्रतिकृया आएको हो ।
उपसभापति निधिले यस्ता राष्ट्रघाती कुराहरुको बिषयमा छानबिन हुनुपर्ने आफ्नो र काँग्रेसको आधिकारिक धारणा भएको बताउँदै गृहमन्त्री अध्यक्ष रहने नेपाल ट्रष्ट रक्षामन्त्रीतिर सरेकोमा आफू छक्क परेको बताए । पुर्ब उपप्रधान एबम् गृहमन्त्री समेत रहेका नेता निधिले ओली सरकारले दिन प्रतिदिन यस्तै काण्डहरु मच्चाएर पछिल्लो समय अर्को काण्ड थपेको जिकिर गरेका छन् ।
नेता निधिले ओली सरकारद्वारा आफ्ना आसोपासेलाई कौडिका भाउमा बेचिएका सरकारी जग्गा जस्ताको तस्तै सरकारकै नाममा फिर्ता गर्नुपर्ने बताउँदै आईन्दादेखी सरकारी जग्गा कसैका नामममा पनि दिन नहुने कानून बनाउनुपर्ने धारणा राखेका छन् ।





