काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनताको जनजिविकाका तथा अधिकारका लागि आफनो पार्टी संधै लडिरहने बताएका छन् । मुलुकलाई राणा साशन देखी द्वन्दको बेलामा पनी सहि बाटोमा हिँडाउन र जनतालाई न्याय दिन आफनो पार्टीको महत्वपुर्ण भुमिका भएको उल्लेख गरेका छन् ।
सिन्धुलीमा आज भएको एक कार्यक्रममा प्रवक्ता शर्माले सरकारका हरेक गल्ती काममा बिरोध गर्दै आएको र गर्ने उनले प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
साथै उनले नेपाली मुमि सुन्दरताको खानी भएको उल्लेख गर्दै यस धर्तिमा जन्मीन पाउनु सौभग्य भएको बताएका छन् । प्रकृतिको कोणबाट हर्दा हजारौं पैसा खर्च गरेर हेर्न आउने अग्ला हिमाल र हजारौं विजुली उत्पादन गर्ने नदिनाला भएकोमा गर्वलाग्ने बताएका थिए ।
प्रकृतिको सौन्दर्य मात्र नभई संस्कृतिको सौन्दर्य भएको उल्लेख गर्दै नेपाल विभिन्न संस्कृतिले भरीभराउ भएको विभिन्न जातजातीहरुको बसोबास गर्ने थलो भएको बताएका छन् ।
देश बनाउनु बाटो बनाउनु र विजुली निकाल्नु भएको प्रवक्ता शर्माको भनाई छ । साथै राज्यले स्वास्थ्य र शिक्षाको जिम्मा लिएर कोहि पनि रोग लागेर मर्न नर्पने र गरिबिले पढ्न नपाउने समस्याको अन्य गर्ने देश बनाउने उनले बताए ।





