राजनीति

चाक्सीबारीमा आयो मंशिरमा महाधिवेशन गर्ने प्रस्ताव, पौडेल भन्छन्ः पूर्बवत् अडान यथावत

काठमाडौं । नेपाली काँग्रेसको आन्तरिक गतिरोध अन्त्य गर्न आज बसेको उपसभापति बिमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, दिलेन्द्र प्रसाद बडु, हृदयराम थानीबीच गणेशमान सिंह निवास चाक्सीबारीमा बसेको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले २०७७ साल मंशिर ५, ६ र ७ गते गर्नेगरी १४ औं महाधिवेशन गर्ने कार्यतालीका पेश गर्न प्रस्ताव पेश गरेको छ ।

केन्द्रीय सदस्य दिलेन्द्र बडुका अनुसार आज नै उपसभापति निधिले आजै वार्तामा भएका सहमतीलाई सभापति देउवासंग लाने र अर्को बैठकबाट वार्ता टुग्याउने सहमती भएको छ । नेता बडुका अनुसार महाधिवेशको बिषय साझा बिषय भएकोले फागुनभन्दा अगाडी नै सक्नैपर्ने र नेबिसंघ तरुण दललाई गएको चुनावमा भएको प्रतिनिधित्वका आधारमा भागबण्डा गर्नुपर्ने विचार आफूहरुले राखेको बताए । उनले अब नेबिसंघ र तरुण दलका बिषयमा पार्टीको अधिवेशन गर्नेगरी अगाडी टुँग्याउनुपर्ने बताउँदै पार्टीको बिधान अनुसार अगाडी बढ्न सकिने बिषयमा छलफल भएको बताए । नेकिसंघ र तरुण दल मध्ये एकको अध्यक्ष आफूहरुले पाउनुपर्ने दाबी गरे ।

बरिष्ठ नेता पौडेलले आफूहरुले तरुण दल र नेविसंघ मध्ये आफूहरुले एकमा अध्यक्ष छाड्ने भन्ने समाचार गलत भएको जिकिर गरेका छन् । उनले आफूहरुको पूर्बवत् अडान कायम रहेको भन्दै नेपाली काँग्रेसको हितका लागि आफूहरुले महाधिवेशन कार्यतालीका प्रस्तावको प्रश्ताव पेश गरेको बताए ।