राजनीति

नेता रावल आक्रोसितः अमेरीकासंग गरिएका राष्ट्रघाती सम्झौतामा प्रधानमन्त्री जवाफदेही हुनुपर्दछ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भिम रावलले अमेरीकासंग गरिएको राष्ट्रघाती सम्झौतामा प्रधानमन्त्री केपी शर्मा ओली जवाफदेही हुनु पर्ने बताएका छन् । एक टेलिभिजनमा अन्र्तवार्ता दिँदै नेता रावलले सरकारको यस्तो राष्ट्रघाती र मुलुक बेच्ने सम्झौता कदापि स्वीकार्य नहुने बताएका हुन् ।

नेता रावलले मुलुकको स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान कुनैपनि पैसामा लेनदेन गर्ने विषय नभएको बताएका छन् । कुनैपनि मुलुकले अन्य मुलुकलाई सहयोग गर्ने कुरालाई आँफुले स्वागत गरेपनि मुलुकको स्वाधिनतालाई बेचरेर पैसा लिनु गलत भएको उनले बताए ।

अन्र्तवार्तामा उनले ईण्डो प्यासिफिकमा नेपाल सहभागी नभएको भन्ने कुरा आईरहेको भन्दै त्यो सरासर गलत भएको बताएका छन् । नेपाल ईण्डोप्यासेफिक रणनीतिमा सहभागी भएको भनेर अमेरीकाको रक्षा मन्त्रालयबाट आधिकारीक रुपमा हस्ताक्षर गरेर प्रकाशित प्रतिवेदनको किताब समेत सार्वजनिक गरेका छन् ।

साथै उनले मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसिसि र ईण्डोप्यासिफिक रणनीति एउटै भएपनि फरक हो भन्ने भनाई आएको बताउँदै फरक भएको भनेर अमेरीकाले प्रमाणीत गर्नुपर्ने बताएका छन् । साथै पार्टीको प्रवक्ताले एमसिसि पारीत गरैरै छोड्छौं भनेको विषयतिर उल्लेख गर्दै उनले बहुदलीय व्यवस्थामा पार्टीले सरकार चलाउने हो कि सरकारको कुनै एउटा मन्त्रीले पार्टीलाई हल्लाउँ छ रु भन्दै प्रश्न पनि गरेका छन् ।

म कानुन भन्दा माथि छु भन्ने कसैको स्वएच्छाचारी भ्रमले देशको भविस्य उज्यालो हुन नसक्ने पनि उनको भनाई छ । साथै त्यस्तो कुरा जनताले आन्दोलन गरेर स्थापित गर्न नचाहेकाले सबै सचेत हुनुपर्ने बताएका छन् । एमसिसिको सम्झौताम नेपालको सम्पुर्ण भौतिक सम्पक्तिमा अमेरीकाको अधिकार हुनुपर्ने उल्लेख भएको प्रति उनले दुःख व्यक्त गरेका छन् ।

यमसिसिको सम्झौतमा अमेरीकाको लेखा परिक्षणको संस्थाले मात्रै लेखा परिक्षाण गर्न पाउने उल्लेख भएको बताउँदै यो गलत भएको उनको भनाई छ । नेता रावलले एमसिसिको सम्झौतामा नेपाल र अमेरीकाको बिचमा सम्झौता हुँदा भारतको सहमती आवस्यक छ भन्ने कुारा राखिनुमा तिब्र बिमती जनाए ।

साथै यस बिषयमा प्रधानमन्त्री तथा बिपक्षिका सभापती लगाएत सम्बन्धित पक्षले जनतालाई जवाफ दिनुपर्ने उल्लेख गरेका छन् । साथै मुलुकको हितका लागि एउटा नेतालाई जति बोल्ने अधिकार छ त्यति अधिकार जनतालाई पनि रहेको भन्दै त्यो कुन्ठित गर्ने अधिकार कसैको नभएको बताएका छन् ।

साथै नेता रावलले चुनौति दिँदै यो सम्झौतामा अमेरीकाको कुनै स्वार्थ छैन भनेर सरकार लगाएत संबन्धीत पक्षले जनतालाई जवाफ दिनैपर्ने बताए ।