राजनीति

डा लोहनीको प्रधानमन्त्रीलाई सुझावः अबदेखी म भ्रस्टाचार हुन दिन्न र गर्दिन भन्ने भाषण नगर्नुस्

काठमाडौं । राप्रपा संयुक्तका अध्यक्ष डा प्रकाश चन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यती काण्डको विषयमा सुझाव दिएको छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत डा लोहनीले यती काण्ड पछि म भ्रष्टचार गर्दिन र हुन दिन्न भन्ने भाषण नर्गनु भए कसो होला भन्दै सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले पटक–पटक विभिन्न कार्यक्रममा भाषण दिँदै आफुले भ्रष्टचार नर्गने र अरुलाई पनि गर्न दिँदैन भन्दै जाँदा भ्रष्टचारको काण्डै काण्ड भएको प्रति आक्रोस व्यक्त गर्दै पुर्व अर्थमन्त्री समेत रहेका डा लोहनीले यस्तो सुझाव दिएका हुन् ।

केही समय अधि मात्रै सरकारले गोकर्ण रिसोर्टको जग्गा सस्तोमा यतीलाई भाडामा दिएको थियो जस्को चौतर्फि आलोचना भैरहेको छ । वाईडवडी काण्ड, सुनकाण्ड, वालुवाटार काण्डले नेकपाको सरकार पछिल्लो समय निकै आलोचित बनेको छ । यही आलोचना डा बिच लोहनीले पनि सरकारको चर्काे आलोचना गरेका हु्न् ।

 

उनको ट्वीटरः सम्माननीय प्रधान मन्त्रि जी ,एती काण्ड को पर्दाफास पछि अब तपाई ले म भ्रस्टाचार हुन दिन्न र भ्रस्टाचार गर्दिन भन्ने भासण नगर्नु भए कसो होला !