राजनीति

ओली सरकारले लोकतन्त्र र प्रेसको घाँटी थिचेर मुलुक ध्वस्त बनायोः उपसभापति निधि

धनुषा । पूर्वप्रधानमन्त्री एवम्  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा प्रजातन्त्र संकटमा परिरहेको बताउँदै सम्पूर्ण पार्टी एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरेका छन् । उनले पार्टी भित्रको कलहलाई समाधान गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
पार्टीका दिवंगत नेता स्थानीय बलराम नायकको १३ औं पुन्यतीथि अवसरमा शनिबार धनुषाको सबैलामा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले भने, “मुलुक संकटमा परेको बेला पार्टीलाई कुनै प्रकारको कलहमा फस्न नदिन हरेक जिम्मेवार नेताको दायित्व छ ।”

मुलुक संकटमा छ, कांग्रेस द्वन्द्वमा फँस्नु हुँदैनः देउवा

उपसभापति निधिले लामो संघर्षपछि आएको संघीयता कम्युनिस्ट सरकारको गतिविधिले संकटमा परेको आरोप लगाए । लोकतन्त्र र प्रेस जगतको घाँटी थिचेर संघीय मुलुकको गरिमालाई ध्वस्त पार्ने कार्य सरकारले गरिरहेको बताउँदै उनले कम्युनिस्टको शासन लामो समयसम्म नचल्ने जिकिर गरे ।

उक्त कार्यक्रममा पार्टीका उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य आनन्द ढुंगाना, रामकृष्ण यादव लगायतको उपस्थिति रहेको थियो ।