पर्यटन/संस्कृति

भ्रमण वर्ष २०२० को प्रवद्र्धनात्मक सन्देश सहितकोआकृती अनावरण

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपाल चेम्बर अफकमर्सद्धारा आयोजित प्रबद्र्धनात्मक कार्यक्रमअन्तर्गत आज चेम्बर भवनकान्तिपथमा संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले करीब ३० फिट चौडाई तथा ३० फिट लम्बाईको प्रवद्र्धनात्मक सन्देश सहितको भ्रमण वर्ष २०२० को लोगो सहितको आकृतीको प्रतिनिधीमूलक संस्था नेपाल चेम्बर अफकमर्समा अनावरण गरेका छन् । उनले यस्ता प्रबद्र्धनात्मककार्यहरुको प्रचार प्रसार निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफकमर्सले गरेबाट अन्य संस्थाहरुमा समेत यस कार्यबाट उत्प्रेरणा मिल्ने बताए ।

सो अवसरमा चेम्बरका अध्यक्ष राजेश काजीश्रेष्ठले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै निजी क्षेत्रले स्वफूर्त प्रबद्र्धनात्मक कार्यमा चेम्बरले मुख्यव् यापारीक एंव काठमाडौंको केन्द्रमा भ्रमण वर्ष २०२० को लोगो सहितको प्रबद्र्धनात्मक सामाग्रीको प्रचार प्रसार गर्न पाएकोमा चेम्बर आफू गौरवाम्वित महशूश गर्दै यस्ता पर्यटन प्रबद्र्धनात्मक क्रियाकलापहरु चेम्बरले विगत देखि गर्दै आइरहेको स्मरण समेत गरे ।भविष्यमा समेत पर्यटन प्रबद्र्धन र भ्रमण वर्ष २०२० सफलपार्न चेम्बरबाट आवश्यक सहयोग रहने दृढता समेत व्यक्त गरे ।

सो अवसरमा भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज बैद्यले सरकारी निजी क्षेत्रको सहकार्यको रुपमा यस्ता प्रबद्र्धनात्मक कार्यहरुको भ्रमण वर्ष २०२० पूर्णत सफल, प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्तगदै यस्तै क्रियाकलाप चेम्बर लगायत निजी क्षेत्रका अन्य संघ संस्था एंव देश व्यापी रुपमा र अन्तराष्ट्रिय जगतमा समेत भैरहेको र आगामी दिनमा समेत हुने विश्वास र अपेक्षाव्यक्तगरे ।

चेम्बरको पर्यटन कमिटीका सभापति तथा चेम्बरका का.स. अर्जुन शर्माले यस किसिमको कार्यले मुलुकले परिलक्षित गरेको २० लाख पर्यटकका साथै स्तरीय पर्यटक भित्र्याउन प्रचार प्रसारको सशक्त माध्यम हुने बताए ।

सो अवसरमा नेपाल सरकारका सम्बद्ध निकायकाउच्चअधिकारीहरु, नेपालपर्यटन बोर्ड, पर्यटनसँग सम्बद्ध निजी क्षेत्रका संस्थाहरु, का.स. सदस्य, महिला चेम्बर, युथ चेम्बर, चेम्बर पर्यटन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।