५ साउन, काठमाडौं । श्रम संस्कृति पार्टीका कार्यकर्ता जनकपुरधामस्थित जानकी मन्दिरबाट लखेटिएका छन् ।
पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न पुगेका नेतारकार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् ।
साम्पाङ आज जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम रहेको थियो ।
सोही क्रममा उनी आउनुअघि स्वागतका लागि पुगेका पार्टीका नेतारकार्यकर्ता लखेटिएका हुन् ।
हिन्दु सम्राट सेनाले भने विगतमा गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको भन्दै सम्पाङलाई निषेध गर्ने जनाइसकेको छ ।
यस सन्दर्भमा हर्क साम्पाङले फेसबुकमा स्टाटस नै लेखेका छन्, ‘गाई कसले खाएको रैछ रु गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें १ यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ रु जय जानकी मन्दिर १
उनले यसअघि पनि एउटा स्टाटस लेख्दै जनकपुरमा लफडा भएको र गृहमन्त्रीले फोन अफ गरेको बताएका छन् । उनले लेखेका छन्, ‘जनकपुरमा लफडा गृहमन्त्रीको फोन अफ





