Logo
Logo
१४ असार २०८२, शनिबार | Sat Jun 28 2025
  • होमपेज
  • राजनीति
  • आर्थिक
  • समाचार
  • कुराकानी
  • विचार/ब्लग
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • विचित्र संसार
  • English
    Logo
  • देश
  • उर्जा
  • साहित्य
  • अपराध
  • मौसम
  • पर्यटन/संस्कृति
  • शिक्षा
  • सामाजिक सञ्जाल
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • प्रवास
    Logo
  • देश
  • उर्जा
  • साहित्य
  • अपराध
  • मौसम
  • पर्यटन/संस्कृति
  • शिक्षा
  • सामाजिक सञ्जाल
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • प्रवास
आर्थिक

उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ : मन्त्री भट्ट

Pradeep
१७ पुस २०७६, बिहिबार ००:००  ३ : ३६ बजे
1k
Shares
उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिएका छन्। राष्ट्रियसभाको आजको बैठकमा समय लिई उहाँले चिनी मिललाई किसानको बक्यौता चुक्ता गर्न निर्देशन दिइसकेको बताए ।
“उखु किसान आन्दोलनमा छन्, चिनी उद्योगमा समस्या देखिएको छ, किसानले उखुको उचित मूल्य नपाएको कुरा छ”, मन्त्री भट्टले भने, “ चिनी मिल र उखु किसानका समस्या सम्बोधन गर्न कार्यदल गठन गरिसकिएको छ । कार्यदलले १५ भित्र सरकारलाई प्रतिवेदन बुझाउँछ ।”
उनले चिनी उद्योगी र उखु किसानका प्रतिनिधि बीचमा छलफल गरिएको र चिनी उद्योगले किसानलाई दिनुपर्ने भुक्तानी तत्काल गर्न निर्देशन दिइएको बैठकमा जानकारी दिए। उखु किसानका ११ बुँदे मागमा सरकार गम्भीर रहेको र समग्रमा उखु खरीद र बिक्रीलाई सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री भट्टले प्रष्ट पारे ।
उनले लुम्बिनी र वीरगञ्ज चिनी कारखानालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि जानकारी दिए । मन्त्री भट्टले विदेशबाट चिनी आयात गर्दा ४० प्रतिशत भन्सार बढाएको र चिनी ल्याउने प्रतिबन्ध लगाइएको जानकारी दिए ।
बैठकमा सांसदहरु रमेशप्रसाद यादव, बलराम बाँस्कोटा, प्रकाश पन्थ, रामपृत पासवास, डा बिमला राई पौडेलले वर्षैपिच्छे उखु किसान र चिनी मिलको समस्या दोहोरिने हुँदा दीर्घकालीन समाधान खोज्न सुझाव दिए। 

प्रतिक्रिया दिनुहोस !

ताजा अपडेट

June 27, 2025
निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित
June 27, 2025

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा छ जनाको मृत्यु, नौ जना…

लोकप्रिय

१
निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित
२
एसइईको नतिजा आज साँझ ६ बजे प्रकाशन गर्ने तयारी (यसरी…
३
शिक्षा विधेयक जारी गर्ने मिति नजिकिँदै गर्दा समितिको बैठक आज…
४
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
५
शिक्षा समितिको बैठक: विधेयक भोलि संसद्मा पठाउने तयारी
६
त्रिविले लिएको उपप्राध्यापक पदको परीक्षामा अत्यन्तै न्यून परीक्षार्थी उत्तीर्ण (विवरण…
७
पार्टी एकताबारे छलफलमा जुटे माओवादी र एकीकृत समाजवादी 

सम्बन्धित खबरहरु

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा छ जनाको मृत्यु, नौ जना बेपत्ता
द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदैः विश्व बैंक
प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह
एसइईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड
कांग्रेस पार्टीका शुभेच्छुक सङ्घसंस्थाहरू बलियो भएकामा पार्टी बलियो हुन्छ: उपप्रधानमन्त्री सिंह
Logo
अध्यक्ष/प्रधान-सम्पादक बाबुराम आचार्य
स्थायी लेखा नं. ६०२४०७३२२
दर्ता प्रमाणपत्र नं २०९-०७३/७४
  ०१–५४७१५२९ / ९८५१०२७२८३ नयाँबानेश्वर – १०, काठमाण्डौ

इमेल:[email protected]/[email protected]

  • आर्थिक
  • समाचार
  • कुराकानी
  • विचार/ब्लग
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • विचित्र संसार
  • English
  • खेलकुद
  • मोडेल टु वाच
  • सामाजिक सञ्जाल
© 2025 प्रकाशित/सर्वाधिकार सुरक्षित  Surya Khabar
By : Appharu
खोजि गर्नुहोस