आर्थिक

सनराइज बैंक लिमिटेड तथा भक्तपुर घरेलु तथा साना उद्योग संघबीच सहमती

काठमाडौं । सनराइज बैंक लिमिटेड तथा भक्तपुर घरेलु तथा साना उद्योग संघबीच मुलुकभित्र नै रोजगार सृजना गरि आर्थिक उन्नति गर्ने नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशनबमोजिम उपलब्ध हुने विमा सुविधा सहितको  व्याज अनुदान कर्जा तथा निर्यातमा नगद प्रोत्साहन जस्ता कोष तथा गैह्र कोषमा आधारित सहुलियतपूर्ण कर्जा नजिकको सनराइज बैंकका शाखाहरुमार्फत उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

सनराइज  बैंकको प्रधान कार्यालय, गैह्रीधारामा बुधबार भएको एक कार्यक्रममा भक्तपुर घरेलु तथा सानाउद्योग संघको तर्फबाट संघका अध्यक्ष वीरेन्द्र जटिज्यु र बैंकको तर्फबाट व्यापार बैंकिङ्ग प्रमुख हरिप्रसाद आर्चायले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशन बमोजिम रोजगार सृजना गरि आर्थिक उन्नति चाहने महिला उद्यमी तथा नेपाल राष्ट्र बैंकले तोकेको योग्यता पुगेका अन्य व्यक्ति तथा व्यवसायीले पनि नजिकको सनराइज  बैंकसँग हातेमालो गर्न सक्ने बताए ।

यसै क्रममापौष ७, २०७६ मा भक्तपुरमा आयोजित एक कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघमा आवद्व उद्यमीहरुलाई बीमा, व्याज अनुदान तथा निर्यातमा नगद प्रोत्साहन सहितको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा जानकारी मुलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण लघू, साना तथा मझौला उद्यमी/महिला सदस्यहरुलाई उद्यमशिलता विकास सल्लाह, बीमा र व्याज अनुदान तथा निर्यातमा नगद प्रोत्साहन सहितको सहुलियतपूर्ण कर्जा लगानीमा सनराइज  बैंक हातेमालो गर्न तयार रहेको कुरा जानकारी गराईएको थियो । आगामी दिनमा यस्ता जानकारीमुलक कार्यक्रमलाई देशको अन्य भागमा रहेको सनराइज  बैंकका शाखाहरुबाट समेत निरन्तरता दिने कुरा जानकारी गराइयो ।