पु.समाचार

१५ लाख ९६ हजार रुपैयाँ घुस सहित सडक डिभिजन प्रमुख समातिए

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त डिभिजन प्रमुखसहित थप दुई जनालाई घुस लिएको रकमसहित पक्राउ  गरेको छ ।

आयोगले सडक डिभिजन कार्यालय, लहानका निमित्त डिभिजन प्रमुख विनोद साह, इन्जिनियर नविनकुमार साह र सवइन्जिनियर वीरेन्द्रकुमार साहलाई पक्राउ गरेको हो ।

विनोदको साथबाट तीन लाख तथा नविनकुमार र वीरेन्द्रकुमारको साथबाट १५ लाख ९६ हजार रुपैयाँ बरामद भएको छ । उनीहरुले रुपनी राजविराज कुनौली सडक निर्माणको अन्तिम बिल भुक्तानीका क्रममा घुस लिएको अख्तियारले जनाएको छ ।