राजनीति

पार्टीभित्रको विवाद समाधान भईसकेकाले निर्धारित मितिमै महाधिवेशन हुन्छः डा कोइराला

तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधान भएकाले तोकिएकै मितिमा महाधिवेशन हुने आशा पलाएको बताएका छन् ।

नेपाली काँग्रेस तनहुँद्वारा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सभापति र वरिष्ठ नेताबीचको सहमतिले निर्धारित मितिमै महाधिवेशन हुने आशा जगाएको छ भने ।

नेता कोइरालाले भने, “निर्धारित मितिमै महाधिवेशन सम्पन्न गराउनका लागि कार्यकर्ताले नेतृत्वलाई दबाब दिन आवश्यक छ ।” पार्टीलाई बलियो बनाउन सबैलाई समेटेर अगाडि बढ्न र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मा केही समस्या भए सुधार गरेर लैजानुपर्नेमा उनले आग्रह गरे ।

भेटघाट कार्यक्रममा तनहु कांग्रेसका सभापती बैकुण्ठ न्यौपाने, कांग्रेसका पुर्वसभापतीहरु: यज्ञबहादुर थापा-कास्की, ध्रुव वाग्ले-तनहु, रघु पौडेल-तनहु, सुभाष पोख्रेल-खोटाङ् लगायतको उपस्थिति थियो । नेता कोईराला त्यसपछि लमजुंगको कार्यक्रममा प्रमुख अतिथीको रुपमा भाग लिन गएका थिए ।