राजनीति

७० करोड कमिसनमा बाँस्कोटा मात्र नभएर प्रधानमन्त्री ओलीकै संलग्नताः बिप्लव

काठमाडौं । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्ट्रचारीको बचाउमा लागेको बताएको छ ।

पार्टी महासचीव नेत्रविक्रम चन्द विप्लबले  बिज्ञप्ति जारी गर्दै ‘सिंगो देशले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कारबाहिको माग गर्दा ओलीले बाँस्कोटालाई बचाउन र घुसखोरी काण्डलाई ढाकछोप गर्न लागेको बताएका छन् ।

साथै बिप्लवले बाँस्कोटा घुस प्रकरणमा प्रधानमन्त्रीकै सम्लग्नता रहेको आशंका पनि गरेका छन् । बिज्ञप्तिजारी गर्दै उनले यस प्रकरणमा निस्पक्ष छानबिनको माग पनि गरेका छन् ।

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी महासचीवले ओली सरकारलाई भ्रष्ट, कमिसनखोर र राष्ट्रघातीको संज्ञा दिँदै बर्खास्तीका लागी आ–आफ्नो मोर्चाबाट उत्रन अपिल गरेका छन् ।

उनले भनेका छन्, ‘देशको सुरक्षा संवेदनशीतासँग जोडिएको मुद्दामा प्रम ओलीको असली चेलाको यो काण्डले देश नै लज्जित छ ।’

यसअघि बिहीबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी मेसिन खरिद प्रक्रियाका क्रममा एजेन्टसँग कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो । लगत्तै, उनले पदबाट राजीनामा दिएका थिए ।