काठमाडौं । प्रधानमन्त्री कोपि शर्मा ओलिले सेक्युरिटि प्रेस प्रिन्टिङ खरिद सम्बन्धि ७० करोड घुस लेनदेनको विवादित अडियो प्रकरणमा पहिलो पटक बोलेका छन् ।
उनले निबर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस लिलेनदेन गर्ने बारेमा कुराकानि गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाको बचाउ गर्दै विवाद आउने वितिकै राजिनामा दिइसकेको बताएका छन् । उनले पुर्व सञ्चारमन्त्री बाँसकोटालाई लागेको आरेप प्रमाणीत भएजसरी प्रचार प्रसार गरेकोमा आपति प्रकट गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले भने,बास्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको उनले सुनाए । भ्रष्टाचार भए नभएको छानबिन हुने भन्दै उनले भने, ‘यो आन्दोलनलाई बद्नाम गर्ने र नेताहरुको चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको छ ।’ यदि भ्रष्टाचार भएको भए कारबाही गर्ने तर झुटो आरोप लगाएको भए त्यसको प्रतिवाद गर्ने बताए ।





