समाचार

बलात्कार आरोपी सिद्धबाबा कारागार चलान

काठमाडौं । जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी कारागार चलान भएका छन् ।

अदालतको आदेश अनुसार उनलाई झुम्का कारागार चलान गरिएको सुनसरी अदालतका निमित्त श्रेस्तेदार निधिराज दाहालले बताए । अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबाले मंगलबार जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेका थिए ।

उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने दखिएपछि उनी भारततिर भागेका थिए ।

यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो ।