काठमाडौं । अछामबाट निर्वाचित प्रदेशसभा सदस्य अक्कल रावल कैलालीबाट बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सांसद रावलमाथि एक महिलाले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी परेपछि प्रहरीले पक्राउ पुर्जी काटेको थियो । रावललाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जानकारी दिए ।





