स्वास्थ्य

काठमाडौं मेडिकल कलेजले पायो मेडिको लिगल सेवा संचालन गर्न अनुमति

भक्तपुर । काठमाडौं मेडिकल कलेजलाई नेपाल सरकारले कलेजकै चाँगुनारायण नगरपालिका वडा नं. २ भक्तपुरस्थित शिक्षण अस्पताल परिशरमा माघ १५ गतेदेखि लागु हुने गरी मेडिको लिगल सेवा संचालनको अनुमति दिएको छ ।

मेडिको लिगल सेवा अन्तर्गत उमेर प्रमाणिकरण, घाउँ जाँच र कुटपिट, जवरजस्ती करणी, मानसिक अवस्था र यातना जस्ता क्लिनिक मेडिको लिगल परिक्षणका अतिरिक्त शव परिक्षणसमेत पर्दछ। यो प्रकारको सेवा हालसम्म सरकारी अस्पतालमा मात्र भएको अस्पतालले जानकारी दियो ।

यस कलेजसंग रहेको विशेषज्ञ चिकित्सकहरुको उपलब्धता, सेवा सञ्चालनका लागि आवस्यक पर्याप्त भौतीक संरचना र सो क्षेत्रमा यो सेवा शुरु भए पश्चात स्थानीयजनले पाउने शिघ्र सेवा जस्ता आधारभूत कारणहरुलाई मध्यनजर गरेर गैह्र सरकारी क्षेत्रको यो संस्थालाई पहिलो नम्बरमा सेवा स्विकृती प्राप्त भएको जानकारी दियो । यो KMC Medico Legal Centre, दुवाकोटले उक्त सेवाहरु चैत्र १६ देखि सञ्चालनमा ल्याउनेयोजना तय गरके छ ।