राजनीति

काँग्रेसको मुख्य शक्ती भनेको मुलुकमा सम्मानपूर्वक काम गरेर खाने श्रमिक नै हुन्ः नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने भन्दै काँग्रेस बलियो बनाउने मुख्य श्रमिकहरु भएको बताएका छन् । नेकपा सरकारले काम गर्नेभन्दा पनि हल्ला ज्यादा गरेको बताउँदै देशमा स्थापीत हुँदै गरेको लोकतन्त्र समाप्त पार्ने खेलमा नेकपा सरकार लागि परेकोले लोकतन्त्र बचाउँन काँग्रेसले कुनैपनि कशर बाँकी नराख्ने दाबी गरे ।

उनले काँग्रेसभित्रका गुटबन्दी अन्न्य भएमात्र आगामी निर्बाचनमा पार्टी बलिायो हुने दाबी गर्दै पार्टीक पुराना र क्षमतावान नेताकार्यकर्ताको सम्मान १४ औं महाधिवेशनपछि मुल्याँकन हुने बताए । आजको ट्रेड युनियनको कार्यक्रममा बरिष्ठ नेता पौडेलले उक्त कुरा बताएका हुन् ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय मुलुकमा प्रजातन्त्रमाथि चुनौती थपिँदै गएको बताए । “सरकारले सबै शक्तिहरुलाई केन्द्रीकरण गर्दै गइरहेको छ, यसलाई रोक्न काँग्रेसले सङ्घर्ष गर्नुपर्ने बेला आएको छ”, उनले भने ।  
वरिष्ठ नेता पौडेलले श्रमिकको पार्टी नेपाली काँग्रेसलाई बनाए मात्र पार्टी बलियो हुने बताए । पार्टीको आगामी महाधिवेशन समयमा सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो । पार्टीका नेता कृष्णप्रसाद सिटौलाले संविधान कम्युनिष्टका नेताको हितका लागि मात्र नभई राष्ट्रको हितका लागि ल्याएका बताउँदै संविधानको दुरुपयोग नगर्न सत्तापक्षलाई आग्रह गरे । कानून बनाएर श्रमिकको हक अधिकारलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले सरकार र राजनीति दल मजदूरको आडमा सत्तामा पुग्ने र सत्तामा पुगेपछि मजदूर विर्सने गरेको बताए । युनियनका उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्की, अजयकुमार राईले काँग्रेसको नेतृत्वमा मजदूर आन्दोलन भए पनि पछिल्लो समय पार्टीले मजदूरलाई वेवास्था गर्दै गएको बताए ।

विसं २००३ फागुन २१ मा नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुट मिलमा श्रमिकको हकअधिकारका लागि आन्दोलन भएको थियो । सोही आन्दोलनलाई नेपाल ट्रेड युनियन काँग्रेसले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।