काठमाडौँ । कदम्बा गुम्बाका सञ्चालक अस्ट्रेलियन नागरिक गोन्दुक रिम्पोछे बाल यौन दुराचार अभियोगमा पक्राउ गरेको छ । रिम्पोछेलाई महानगरीय प्रहरी वृत्त बौद्धले बिहीबार पक्राउ गरेको हो ।
बौद्ध वृत्तका डीएसपी रमेश सिंहका अनुसार रिम्पोछे स्वयंले पढाउन ल्याएका १५ वर्षीय किशोरमाथि यौन दुराचार गरेको आरोप छ । पीडित किशोरले आफूलाई गुम्बामै रिम्पोछेले मुख मैथुन गराउन लगाएको उजुरीमा उल्लेख छ । पछिल्लो पटक रिम्पोछेले फागुन १८ गते किशोरमाथि यौन शोषण गरेका थिए ।





