काठमाडौं । वर्षाका कारण खेल मैदान हिलाम्य भएपछी नेपाल र सिंगापुरबीचको आजको खेल रद्ध गरिएको छ ।
गएराती परेको वर्षाले मैदानमा खेल हुन नसकेपछी दुबै टोलिले १–१ अंक बाँडेका छन् । यो संगै एसीसी ईस्टर्न रिजन पुरुष टि–ट्वान्टी कप क्रिकेटमा नेपालले ४ खेलमा ३ अंक जोडेर खेलको अन्य गरेको छ ।
भने नेपालीको विश्वकपमा पुग्ने सपनामा ब्रेक लागेको छ । बैंककस्थित टेर्डथाई किक्रट मैदानमा बर्षाका कारण आज नेपाल र सिंगापुरबीचको खेल रद्ध भएको छ ।
बिहिबार राति परेको वर्षाले मैदान खेल्न योग्य नहुँदा नेपाल र सिंगापुरबीचको खेल टस समेत नभई रद्द गरिएको हो ।
सिंगापुर भने शीर्ष दुई पक्का गर्दै एसिया कप छनोटमा पुगेको छ । ४ खेलमा ३ जितका साथ सिंगापुरले ७ अंक जोड्यो । सिंगापुर शीर्ष स्थानमा रह्यो ।





