समाचार

प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल सरकार, मन्त्रीपरिषद्को फाल्गुन १८ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका नेपाली सैनिक वार कलेजका सहायक रथी सुरेश कुमार कार्कीलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

साथै, उपरथी दर्जामा पदोन्नति भएका उपरथी कार्कीलाई श्री मध्य पूर्वी पृतना हे.क्वा. को पृतनापतिको जिम्मेवारी दिईएको छ ।