२८ वैशाख, काठमाडौँ। तीनकुने घटनामा संलग्न भएको अपरोपमा प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ।
बस्नेतलाई तीनकुनेमा हिंसा भड्काएको आरोपमा सुकेधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले पुष्टि गरेको हो।
प्रहरीले पक्राउ गर्नको लागी उनी विरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी गरेपनि फरार रहेका थिए।
राजावादीको हिंसात्मक प्रदर्शनमा २ जनाको ज्यान गएको थियो भने प्रदर्शनकारीहरुले सरकारी र निजी सम्पत्तिमा तोडफोड र आगजनी गर्नुको साथै लुटपाट समेत मच्चाएका थिए।