२१ असार, काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने मिति फेरि थप गरेको छ ।
महामन्त्री प्रदीप पौडेलले नयाँ क्रियाशील सदस्यता वितरणको समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको जानकारी दिए ।
यसअघि कांग्रेसले नयाँ सदस्यता असार २० सम्म तोकेको थियो । कांग्रेसको १५औं महाधिवेशन आगामी असोजमा हुने भनिएको छ। त्यसअघि कांग्रेसले सदस्यता वितरण तथा अध्यावधिकको काम गरिरहेको छ ।





