समाचार

डोल्पा–जुम्ला सीमामा जिप दुर्घटना

२१ असार, डोल्पा। डोल्पाको जगदुल्ला गाउँपालिकाबाट जुम्लातर्फ जाँदै गरेको एक जिप आइतबार दुर्घटनामा परेको छ।

प्रहरीका अनुसार डोल्पा–जुम्ला सीमा क्षेत्रअन्तर्गत मौरे लेखमा जिप दुर्घटनामा परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट सुरक्षाकर्मीको टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको छ।

दुर्घटनाको कारण, जिपमा सवार यात्रुको अवस्था तथा सम्भावित क्षतिबारे विस्तृत विवरण भने अझै प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।