मनोरञ्जन

६१ वर्षको उमेरमा आमिर खानले गरे तेस्रो विवाह

१ असार, काठमाडौं । बलिउड अभिनेता आमिर खान तेस्रोपटक विवाह बन्धनमा बाँधिएका छन्।

६१ वर्षीय आमिरले आज मुम्बईस्थित आफ्नो बान्द्रा निवासमा प्रेमिका गौरी स्प्राटसँग विवाह गरेका हुन्।

आमिर र गौरी करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए। यद्यपि, उनीहरू एकअर्कालाई २५ वर्षदेखि चिन्दै आएको बताइएको छ।

विवाह समारोहमा दुवै परिवारका सदस्य र निकट साथीभाइ गरी करिब १५० जनाको सहभागिता रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

गौरी स्प्राट बैंगलुरूकी व्यवसायी हुन्। उनका एक छोरा छन्। गौरीले लामो समयदेअि हेयर तथा फेसन व्यवसायमा काम गर्दै आएकी छन्। विवाहमा आमिरका तीन छोराछोरी र गौरीको छोरा पनि उपस्थित भएको बताइएको छ।

आमिरले गत मार्चमा आफ्नो ६० औं जन्मदिनका अवसरमा गौरीसँगको सम्बन्ध सार्वजनिक गरेका थिए। यो आमिरको तेस्रो विवाह हो।