काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन निर्माण कार्य तीव्र रूपमा अघि बढ्ने भएको छ । विभिन्न क्षेत्रका दाता तथा सामाजिक संघसंस्थाको अगुवाइमा आर्थिक स्रोत जुटाइएपछि विद्यालय भवन निर्माण गर्नले तीव्रता लिने भएको हो ।
हेल्प नेपाल नेटवर्क र चर्चित संगीतिक समूह नेपथ्यले पनि विद्यालय भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन कार्यक्रमको आयोजना गरेका छन् । राजकुलेश्वर निमाविको पुनर्निर्माण कार्य २०७३ चैत १५ गते औपचारिक उद्घाटन मार्फत भएको थियो । तर, विद्यालय भवन अझै निर्माणाधीन अवस्थामै छ ।
स्वीकृति प्राप्त डिजाइनअनुसार स्कुल भवन बनेपछि तीन सय विद्यार्थीले भूकम्प प्रतिरोधी भवनमा पढ्ने अवसर पाउने छन् । आधारभूत सुविधाहरुले युक्त यो भवन परम्परागत नेपाली ढाँचामा बन्दैछ ।
‘नेपथ्य साँझ’बाट जुटाइयो रकम
भृकुटी मण्डपको बगैँचामा काठमाडौंका दर्शकहरुसँग साक्षात्कार गर्न उभिएको लोक रक ब्याण्ड नेपथ्यले सांगीतिक प्रस्तुति दियो ।