काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दल कोरोना भाईरसले बिश्व आक्रान्त भएकोमा चिनितत बनेको छ । दलका अध्यक्ष जीतजंग बस्नेतले नेपाल र नेपाली जनतासँग सरोकार हुने ओली सरकारलाई ९ बुंदे ध्यानाकर्षण गराएका छन् ।
उनले बिज्ञप्तीमा भनेका छन्, ‘छिमेकी मुलुक चिन बाट सुरु भएर बिश्वका विभिन्न मुलुकमा महामारीका रुपमा फैलिरहेको नोभल कोरोना भाइरस बाट बिश्व समुदाय आक्रात्न छ । यसै सन्दर्भमा बिश्वस्वास्थ संगठनले नेपाल पनि यसको उच्च जोखिम रहेको सुचना जारी गरि सकेको छ तेसैले सम्भाबित जोखिमलाइ मध्यानजर गर्दै आफू सजग हुँदै अरु लाई पनि सहि सुचना सम्प्रेषण गर्नु तपाईं हामी सम्पुर्णको जिम्मेबारी हो । यस्तो गम्भीर परिस्थितिमा सतर्कता अपनाउन साथै सन्त्रास न्युनिकरणका लागि नेपाल तरुण दल नेपाल सरकार , संबंधित निकाय संचार माध्यम देश र बिदेसमा रेहेका सम्पुण नेपालीमा हार्दिक अपिल गर्दछ।’
१) एक अर्का संग भेट हुदा ,हार्दिकता साटासाट गर्दा हात नमिलाऔं र नमस्कार भनेर सम्बोधन गर्न आग्रह गर्दछौं ।
२) बिद्यालय, बिश्वबिधालय जस्ता समुहमा बसेर अध्ययन अध्यापन हुने ठाउमा बिशेश साबधानी अपनाउन अनुरोध गर्दछौं ।
३) समाजिक संजाल लगाएत विभिन्न माध्यमबाट कोरोना भाइरस सर्ने र निको हुने सम्बन्धि अनेकन त्रास र अपबाह फैलाइएका छन् त्यसैले सामाजिक संजाल र अन्य सुचनाका माध्यमबाट सुचना प्रवाह गर्दा आधिकारिक मध्यामबाट जारी गरिएका सुचना मात्र सम्प्रेषण गरि सचेतना फैलाउन नेपाल तरुण दल आम नागरिकमा हार्दिक अनुरोध गर्दछ ।
४) दैनिक उपभोग्य बस्तु, खाद्यान्न ,ग्यास ,माक्स, औषधि लगाएत अन्य कुरामा अभाव र कालोबजारी देखिन थालेको छ यो कुरामा सरकार र सम्बन्धित अन्य निकयलाइ गम्भीर हुन ध्यानाकर्षण गराउदछौं ।
५) बजारमा देखिएको कालोबजारी र कृतिम अभाब निगरानी गर्न नेपाल तरुण दल केन्द्रिय समिती तरुण दलका सम्पुर्ण सदस्यलाई निर्देशन गर्दछ ।
६) एक अर्कामा रंग लगाई सद्भाव साटासाट गर्दै मनाइले होलि पर्बमा बिगतका बर्ष जस्तो ठुला भिडभाड हुने र सांगीतिक कार्यक्रम यो बर्ष आयोजना नगर्न नगराउन विभिन्न तहका तरुण दलका समितीहरुलाइ अनुरोध गर्दछौं ।
७) सीमा नाका र अन्तर्राष्ट्रिय बिमानस्थलको प्रयोग गरि बाहिरी मुलुकबाट आउने ब्यक्तिहरुको स्वास्थ परिक्षणमा बिशेष संबेदनसिल हुन सरकारको ध्यानाकर्षण गराउछौं ।
८)बिपत र महामारी पुर्बजानकारी गराएर आउदैन तर पुर्ब तयारी भने अबश्य गर्न सकिन्छ त्यसैले सम्भाबित जोखिम र खतरालाई न्युनिकरण गर्न अस्पतालमा आबश्यक उपकरण सहितको छुट्टै उपचार केन्द्र र थप सुरक्षीत क्वारेन्टाइन ब्यबस्था गर्न सरकारसंग आग्रह गर्दछौं ।
९) नेपाल तरुण दलको विभिन्न जिम्मेवारी निर्बाह गरिराख्नु देशभरिका सम्पुर्ण तरुण हरुलाइ नोभेल कोरोना भाइरस बारे आम मानिस र समाजमा देखिएको त्रास लाइ न्यूनीकरण गर्न सम्बन्धित निकायबाट जारी गरेका आधिकारिक धारणा जानकारी गराएर समाजमा सचेतना फैलाउने कार्य गर्न निर्देशन गर्दछौं ।







