समाचार

कतारद्वारा अन्य मुलुकबाट आउनेहरुलाई प्रवेश निषेधः नेपाल सहित १४ बढी कुन–कुन देश परे ?

काठमाडौं । चीनको बुहानबाट फैलिएको कोरोना भाईरस कोभिड १९ ले कयौं मुलुकलाई छोईसकेको छ । बिभिन्न देशहरुले संक्रमणको जोखिमबाट बच्न अन्य देशबाट आफ्नो मुलुकमा आउनेहरुमाथि प्रतिबन्ध लगाएको छ ।

यस्का बाबजुत पनि चिन बाहेक अन्य देशमा कोरोनाका कारण कयौंको मृत्यु भईसकेको छ । यस्तै कतार सरकारले पनी कोरोना भाईरस फैलनसक्ने जोखिमलाई ध्यानमा राख्दै १४ बढी मुलुबाट आफ्नो मुलुक प्रवेशलाई निषेध गरेको छ ।

कतार सरकारले आइतबार कोरोना भाइरस (कोभिड (१९० को सङ्‌क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै १४ मुलुकबाट कतारमा प्रवेश गर्न अस्थायी रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

कतारले प्रवेश प्रतिबन्ध लगाइएका मुलुकमा नेपाल, बंगलादेश, चीन इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्‌का, सिरिया र थाइल्यान्ड रहेका छन् ।

उक्त निर्णय यी मुलुकबाट कतारमा काम गर्न वा भ्रमणका लागि प्रवेश गर्ने जोकोही व्यक्तिका साथै कतारमा ट्रान्जिट भएर यात्रा गर्ने यात्रुका लागिसमेत लागू हुने जनाइएको छ ।

यसअघि कतार एयरवेजले इटालीमा हुने दुईतर्फी उडान बन्द गरिसकेको छ । भने अन्य मुलुकले पनि आफ्नो मुलुकमा अन्य देशबाट आउनेलाई कडाई गरेको छ भने प्रबेश निषेध पनि गरेको छ ।