पु.समाचार

नेता रावलले दिए होलीको शुभकामनाः देशलाई वाह्य हस्तक्षेप र घुसपैठको कुनै भाइरस नलागोस्

काठमाडौं । सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले होलीको अवसरमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि–बहिनीमा सुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता रावलले कसैलाई पनि कोरोना भाइरस लगायत कुनै रोग नलागोस्, सबैको समृध्दि होस्, देशलाई वाह्य हस्तक्षेप र घुसपैठको कुनै भाइरस नलागोस् भन्ने सुभकामना व्यक्त गरेका छन् ।

उनले आफ्नो ट्वीटमा यस्तो लेखेका छन्ः समाजमा सद्भाव र नेपालीहरूको एकता बिथोल्ने कुनै भाइरस नपसोस् । शान्ति, उमंग र खुशी छाइरहोस् !

 

उनको ट्वीटः फागु पूर्णिमा होरीको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना १ कसैलाई पनि कोरोना भाइरस लगायत कुनै रोग नलागोस्, सबैको समृध्दि होस्, देशलाई वाह्य हस्तक्षेप र घुसपैठको कुनै भाइरस नलागोस्, समाजमा सद्भाव र नेपालीहरूको एकता बिथोल्ने कुनै भाइरस नपसोस् ।शान्ति, उमंग र खुशी छाइरहोस् !