काठमाडौं । चीनको बुहान प्रान्तबाट फैलिएको प्राणघातक कोरोना भाईरसले विश्वलाई नै आक्रान्त बनाएपछी नेपाल सरकारले पनी केही सर्तकता अपनाएको छ । मुलुकका विभिन्न नाकाहरुमा हेल्थडेस्क स्थापना गरिएको छ भने अन्य देशबाट नेपाल प्रवेश गर्नऐ नागरिकको स्वास्थ्य परिक्षण गर्ने गरिएको छ ।
आजदेखी आठ मुलुका नागरिकले नेपालमा अनअराईभल भिसा नपाउने भएका छन् । कोरोना कोभिड १९ को धेरै प्रभाव भएका मुलुक चीन, हङकङ र ताईवानसहित, जापान, दक्षिण कोरिया, ईटाली, ईरान,फ्रान्स, स्पेन र जर्मनीका नागरिकले अनअराईभल भिसा नपाउने भएका छन् ।
यस्तै नेपाल सरकारले ५ देहको हकमा गत साता नै निर्णय गरेकोमा फ्रान्स, स्पेन र जर्मनीका नागरिकलाई नदिने निर्णय हिजोमात्रै गरेको थियो । साथै यी देशका नागरिकहरु नेपाल आउन ईच्छुक भएमा कोरोना संक्रमण नभएको स्वास्थ्य रिपोर्ट पेस गर्नुपर्दछ र अग्रिम रुपमा नेपाली मिसनहरुबाट भिसा लिनुपर्ने व्यवस्था गरिएको छ ।
अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार रिपोर्ट नेपाल आउँदा समेत देखाउनुपर्ने नियम बनाईएको छ । उनीहरू सडकमार्ग हुँदै नेपाल आउन पनि पाउने छैनन् । बढीमा एक साताअगाडिको रिपोर्ट मान्य हुने विभागले जनाएको छ । विश्व स्वास्थ्य संगठनकै सुझाबहरू सरकारले कडाइ गरेको हो ।
आठ देश हुँदै नेपाल आउने अन्य देशका नागरिकले पनि स्वास्थ्य प्रमाणपत्र पेस गरे मात्र नेपाल प्रवेश गर्न पाउनेछन् । साथै सकेसम्म ति देशका नागरिक नेपालमा नआउने भन्ने उध्यस्यले सरकारले यस्तो नियम बनाएको छ । उनिहरुमार्फत कोरोना भाईरसपनि आउनसक्ने जोखिम भएका कारण सरकारले यस्तो रणनीति लिएको छ ।
यस्तै विमानस्थलमा पनि कडाई गरिएको छ । अन्य मुलुकबाट आउने प्रत्ययक नागरिकमा ज्वरो भएनभएको नापिने गरिएको छ यसो गर्दा कसैमा पनि केही लक्षण देखीए तत्काल अस्पतालमा लग्न सहज होस् ।
नेपालमा आजसम्म कोरोनाको भाईरस कसैमा नदेखीनु सकारात्मक कुरा भएपनी विश्वमा तिब्र गतिमा फैलदैं गएको कोरोनाको जोखिम नेपालमा पनि पउच्च रहेको विश्व स्वास्थ्य संगठनले चेतावनी दिईसकेको छ । गृह मन्त्रालयले भारतसँगको सीमामा समेत कडाइ सुरु गरेको छ । भारतमा संक्रमण बढ्दै गए मुख्य सीमानाका मात्र खुला गर्ने गृहको तयारी छ ।
नेपालसहित १४ देशबाट हुँदै आएको दोहाको उडान अस्थायी रूपमा निलम्बन गरेको छ । कोरोना भाइरस रोकथामका लागि यो निर्णय गरिएको कतार सरकारको सञ्चार कार्यालयले सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
यसअघि कतारबाट इटाली आउने–जाने उडान बन्द गरेको कतारले नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डमा हुने उडान बन्द गरेको हो । तर, यो निर्णय कहिलेदेखि लागू हुने भन्ने सूचनामा स्पष्ट उल्लेख छैन ।
कतारले यी देशका नागरिकको अन अराइभल भिसा, वर्कपर्मिट, बसोवासको अनुमति तथा पर्यटकीय उद्देश्यका लागि जानेहरूलाई रोक्ने समेत निर्णय गरेको छ । कतार सरकारले नेपाल सहित १४ देशका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ ।
जस्ले गर्दा रोजगारीकालागि जाने ४० हजारवढी नागरिकको भिजा रोकिएको छ । अन्य मुलुकबाट आफ्नो मुलुकमा संक्रमण नफैलिओस भनेर कतारले यस्तो कदम चालेको छ ।





