खेलकुद

आहा रारा गोल्डकपको क्वाटरफाईलमा आर्मी र संकटा भिड्दै

कास्की । आहा १ रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनलमा आज त्रिभुवन आर्मी क्लब र संकटा क्लब भिड्दै छन् । पोखरामा जारी १८ औं संस्करणको आहा १ रारा गोल्डकपमा आर्मी र संकटाबीचको खेल दिउँसो २.३० बजे सुरु हुनेछ । दुवै टिम जित निकाल्दै अन्तिम चारमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

साविक उपविजेता टिम आर्मी यस पटक भने उपाधि जित्ने लक्ष्यमा रहेको छ । अघिल्लो संस्करणमा आर्मी फाइनलमा थ्री स्टारसँग पराजित भएको थियो । आहा रारा गोल्डकपमा आर्मीले १५ संस्करण खेलिसकेको छ ।

संकटाले भने चार संस्करण खेलेको छ । जसमा ७ खेल खेलेको हो । संकटाले पाँच गोल गर्दा ७ गोल खाएको छ । आर्मी र संकटाबीचको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।