काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलमा आज राति दुई खेल हुँदै छ । आजको खेलमा इंग्लण्डको लिभरपुलले स्पेनको एथ्लेटिकको मड्रिडसंग खेल्दा फ्रान्सको पेरिस सेन्ट जर्मेन र जर्मनीको बोरुसीया डर्टमन्डनबीच प्रतिस्पर्धा हुने भएको छ ।
यसअघि गएराति भएको खेलमा जर्मनीको आर.बि लेप्जीग र ईटालीको एटलान्टा युएफा च्याम्पियन फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराती भएको दोस्रो लेगको खेलमा इंग्लण्डको टोटनह्याम हट्सपरलाई ३–० ले हराउँदै लेप्जीग क्वाटरफाईनलमा पुगेको हो । पहिलो लेगमा १–० ले विजयी भएको लेप्जीगले समग्रमा ४–० को परिणाम निकाल्यो ।
गएराती भएको अर्को खेलमा स्पेनको भ्यालेन्सीयालाई ४–३ ले हराउँदै इटालीको एटलान्टा पनि क्वाटरफाईनलमा प्रवेश गर्यो । एटलान्टाका लागि सबै चार गोल स्लोभेनियाका खेलाडी जोसिप इलीसीचले गरे ।
पहिलो लेगमा ४–१ ले विजयी भएको एटलान्टाले एग्रिगेटमा ८–४ को फराकिलो जित हात पार्यो ।





