काठ्माडौं । ७० करोड कमिशनको अडियो टेपका कारण फागुण ८ गते नेपाल सरकारको सञ्चार मनत्री तथा प्रवक्ताबाट राजीनामा दिएका नेकपा नेता गोकुल बाँस्कोटाको घरमा बम बिष्फोट हुँदा दुई छिमेकीको घरमा समेत क्षती पुगेको छ । छिमेकी कपिल घिमिरेर र केसीको घरमा पीलरमा क्षती हुनुका साथै झ्यालका शीसाहरु फुटेका छन् ।
भक्तपुर प्रहरीले घटनाबारे अनुसंधान गरिरहेको बताएपनि बिष्फोट नेत्र बिक्रम चन्दको नेकपाले गराएको बताएको छ । बिष्फोटपछि विप्लबको पर्चा भेटिएको कारण बिप्लबले नै गराएको आशंका छ । ठीमीबृतका डीएसपी शान्तीराज कोईरालाले भने अहिले नै भन्दा पनि केही अनुसंधानपछि प्रतिकृया दिने बताएका छन् ।
प्रहरीलाई पुर्व सञ्चारमन्त्री बाँस्कोटाको घर असुरक्षीत छ भन्ने लागेर नै प्रहरीका सईको नेतृतवमा प्रहरी खटाएको भएपनि प्रहरीलाई छलेर वालभित्रै बम पड्काईएको घटना रहस्यमय छ । ७० करोड घुष काण्डमा बिश्वभरका नेपालीबाट आलोचनाको शिकार भएर राजीनामा दिन बाध्य भएका बाँस्कोटा जनस्तरमा अनपपुलर भएका थिए । उनलाई बिप्लप नेकपाको थ्रेट थियो तर पनि प्रहरीकै शुरक्षा घेराभित्र बम पड्किनु सुरक्षाको बिषयमा प्रहरीको कमजोरी छताछुल्ल देखिएको छ । प्रहरीले बम बिष्फोटन स्थलको बारोमा नजिकबाट अध्ययन गरिरहेको छ ।
प्रहरी सुरक्षा घेराभित्र नै बम पड्किनु कि त प्रहरीको लापरबाही, कि त प्रहरीको असक्षमता कि त मिलेमतो हो भन्ने दलेखिएको सर्बसाधारणको तर्क छ । एक बर्षदेखी प्रतिबन्ध लगाएको बिप्लव नेकपाले काठमाडौं उपत्यकामा नै शक्तीसाली नेताको घरमा बम पड्काउनु सरकारलाई नै चुनौती दिएको देखिन्छ ।





