पु.समाचार

मौसमवीदको अनुरोधः तिन दिनसम्म चट्याङ \ हावाहुरी र असिना सहित वर्षाको सम्भावना सतर्क बनौं

काठमाडौं । केही दिनदेखी रोकिएको वर्षा फेरी सुरु हुने भएको छ । आजदेखी आगामि ३ दिनसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

महाशाखाले आज बिहान ६ बजे बुलेटिन जारी गर्दै तिन दिनसम्म मेघ गर्जन\चट्याङ र असिना, हावाहुरी सहितको वर्षाको सम्भावना रहेको बताएको छ । चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना भएको र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

नेपालमा पश्चिमी वायूको प्रभाव रहेको हो । यस्तै आज जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तथा मध्य भू–भागमा अहिले सामान्यतया बदली रहेको छ भने बाँकी भू–भागमा आशिंक भएको छ।

शुक्रबार आज देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू–भागका केही स्थानहरूमा र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघ÷गर्जनरचट्याङ्ग तथा हावाहुरीसहित बर्षाको सम्भावना रहेको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

भने शनिबार देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरूमा मेघ–गर्जन,चट्याङ्ग \ असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यस्तै आईतबार देशका अधिकांश भू–भागमा आशिंकदेखि सामान्य बदली रहनेछ । देशको पश्चिमी भू–भाग लगायत मध्य र पूर्वी भू–भागका थोरै स्थानहरूमा मेघ\गर्जन र चट्याङ तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।