पु.समाचार

कोरोना आतंकः भारतमा पनि पहिलो एक व्यक्तिको मृत्यु, नेपाल उच्च जोखीममा

काठमाडौं । चीनको बुहानबाट फैलन सुरु गरेको प्राण घातक भाईरस कोरोनाले विश्वलाई छोएको छ । कोरोना फैलिएको मुलुक चीनमा संक्रमणको गतिमा केही कमी आएपनी अन्य मुलुहरुमा भने तिब्र गतिमा बढ्दै गएपछी नेपालमा झनै जोखिम बढ्न थालेको छ ।

नेपालको छिमेकी मुलुक खुल्ला नाका रहेको भारतमै पनि कोरोनाले एक व्यक्तिको ज्यान लिएको छ । यो अवस्थालाई हेर्दा नेपालमा पनि कोरोना भाईरस नभित्रिएला भन्न सकिदैन । भारतको कर्नाटक कालाबुगीका ७६ वर्षीय एक पुरुषको मृत्यु भएको कर्नाटकका स्वास्थ्मन्त्रीले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

भारतमा यो मृत्यु भएको पहिलो व्यक्ति हो । भने संक्रमणको सङख्या पनी बढदै ७४ पुगेको छ । नेपालसंग सिमा जोडिएको मुलुक भारतमा संक्रमण बढ्दै जाँदा नेपालमा भाईरसआने प्रति चिन्ताको विषय बनेको छ ।

कोरोनाले हालसम्म ४ हजार ७ सयको ज्यान लिईसकेको छ । चीन सरकारले भने कोरोना नियन्त्रण हुँदै गएको दाबी गरेको छ । यसैबिच ईटलीमा पनि कोरोनाका कारण मृत्यु हुनेहरुको सङख्या बढ्दै गएको छ । ईटालीमा १६ जनाको मृत्यु भएको छ । १५ हजार १ सय १३ मा संक्रमण देखीएको छ ।

भाइरसको उद्गमस्थल चीनले नयाँ सङ्क्रमण रोकिने क्रममा पुगेको भन्दै माहामारी नियन्त्रण भएको बताइरहँदा इरान, स्पेन, फ्रान्स, जर्मनी, अमेरिका, स्विजरल्याण्ड, स्विडेन, डेनमार्क, अस्ट्रेलिया लगायत देशमा भने सङ्क्रमण फैलिने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।

कोरोना भाईरसबाट जोगीन विभिन्न मुलुकले अन्य देशको यात्रामा प्रतिबन्ध लगाएका छन् भने सर्तकता अपनाईरहेका छन् । साथै नेपाल सरकारले पनि भिडभाडमा नजान, भोज भतेर जस्तो सामुहिक जमघट हुने कार्यक्रमहरु नर्गन सचेत गराएको छ ।

भने विभिन्न मुलुहरुसंग जोडिएको नाकामा हेल्थडेस्क स्थापना गरेको छ । भारतमै कोरोनाको संक्रमण बढ्न थालेकाले नेपाल सरकार अँझै गम्भिर बन्न जरुरी छ ।