पु.समाचार

तीन करोड नेपालीलाई रमेश खरेलको आह्वान: मलाई साथ दिनुहोस् धोका दिन्न

काठमाडौं । पुर्व डिआईजि रमेस खरेलले मुलुकमा नाताबाद, कृपावाद, भ्रष्टचार, भागवण्डा, शोषणले सिमा नाघेकाले अफुहरु भ्रष्टचार विरुद्धको अभियानमा आएको बताएका छन् ।

बिहिबार एक कार्यक्रममा पुर्व डिआईजि खरेलले मुलुकमा हुने यी विभिन्न प्रवृत्तिलाई देशले धान्न नसक्ने भएपछि तीन करोड जनातामा कुनै विभेद नहोस भनी जनतालाई सचेत गराउनका लागि आफु यो अभियानमा आएको बताएका हुन् ।

उनले विभिन्न जिम्मेवारी पदमा बसेका हरेक व्यक्ति भ्रष्टचारमा चुर्लुम्म डुबेको भन्दै सुध्रन सचेत गराएका छन् । नेताहरुलाई भ्रष्टचार नगरी निन्द्रा नै नलाग्ने ब्यंग्य गर्दै उनले आफुहरु यस्तो प्रवृत्तिलाई सुधार गर्नका लागि अभियानमा आएको बताए ।

नेताहरुको आफ्नो आचरणमा सुधार नआएमा यसका बिरुद्ध ७७ जिल्लाका मधेस, तराई, पहाड, हिमाल र विदेशमा वसेका नेपाली जनता शान्तीपुर्ण रुपमा सडकमा उत्रीएर औंलो ठड्याउने बताएका छन् ।

उनले हिमाल, पहाड र तराईमा एउटा गरिब किशानको छोराछोरीले सरकारबाट पाउनु पर्ने शिक्षा, स्वास्थ्य, पोषण लगायत सुविधा पाउन नसक्दा दुर्भाग्य भएको भन्दै तपाईहरुलाई लाज लाग्दैन भन्दै प्रश्न गरेका छन् ।

जो पावरमा रहेका व्यक्ति छन् तिनिहरुको शरिर हेर्दा उत्तरकोरीयाका राष्ट्रप्रमुख किमजोङ ऊन र पावरमा रहेका व्यक्तिमा केही फरक आफुले नदेख्ने बताए ।

२९ वर्षसम्म नेपाल आमाको सेवा गरेको भन्दै अँझैपनि सबै नेपालीको साथ पाएमा नेपाल आमाको संरक्षणमा ईमान्दारीताका साथ नेपालीको सामुन्ने खटिन तयार रहेको बताए ।