गोरखा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले आफू बिराशतको भन्दापनि क्षमताको कुरामा बिश्वाश गर्ने भन्दै कोईराला परिवारबाट मात्र काँग्रेस सभापति बन्नुपर्छ भन्ने मान्यतामा आफू नरहेको बताएका छन् । गोरखाको कार्यकर्ता प्रशिक्षणबाट पर्किने क्रममा गरिएको प्रेश यूनियनको पत्रकार सम्मेलनमा बोल्दै डा कोईरालाले आफूपनि सभापतिको दाबेदार रहेको स्पष्ट गरेका छन् ।
नेता कोईरालाले नेकपा नेतृत्वको केपी शर्मा ओली सरकार भ्रष्टाचारमा सामेल छ, प्रतिपक्ष दल चुप लागेर बसेको छ, यसले लोकतन्त्र धरापमा पर्ने बिचार ब्यक्त गरेका छन् । उनले पार्टी बिधि बिधानभन्दा पनि भागवण्डाका आधारमा चल्नुले लोकतन्त्रलाई नै धरापमा पार्ने हुँदा त्यसका लागि सबै चनाखो हुनुपर्ने बताएका छन् । प्रभावशाली नेता कोईरालाले काँग्रेस बलियो बनाउन गुटबनदी अन्त्य हुनुपर्ने भन्दै आफलू कुनै गुटमा भन्दा नेपाली काँग्रेसको सदस्य भन्न रुचाउने बताएका छन् ।
दुई महिना अगाडी तय भएको कार्यक्रममा शुक्रबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथीको रुपमा डा कोईराला गएका थिए । पार्टीका केही ब्यक्तीहरु मिलेर महत्वपूर्ण निर्णय गर्न थालेको भन्दै लोकतन्त्रलाई नै खतरा पर्नेगरी बिधि बिधान मिच्दै गरिएका निर्णय आफूलाई मान्य नहुने बताए ।
पछिल्लो समय डा कोईराला १४ औं माहाधिवेशनको तयारीस्वरुप देशदौडाहामा देखिन्छन् । सभापति शेरबहादुर देउवा बेला बेला डा कोईरालासँग डराउँदै कारबाही गर्ने समेत दिएका समाचारहरु सम्प्रेशण भईरहेका छन् । डा कोईरालाले देश दौडाहा अभियान भने छाडेका छैनन् ।





