पु.समाचार

कतार सरकारले राख्यो २ हजार नेपालीलाई क्वारेन्टाईनमाः सार्वजनीक यातायात पनि बन्द

काठमाडौं । चीनको बुहानबाट फैलिन सुरु गरेको कोरोनले विश्वलाई नै आक्रान्त बनाएको छ । संक्रमीत र मृतकको सङख्या ह्वात्तै बढिरहेको छ । कतारमा संक्रमणको सङख्या बढेपछी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कोरोनाबाट बच्च कडाईका साथ नियमहरु लागु गरिएको छ । कतार सरकारले सार्वजनीक यातायात सेवाहरु बन्द गरेको छ । कोरोनाको संक्रमण देशैभरी नफैलियोस भन्नाका लागि कतार सरकारले आईतबार यस्तो कदम चालेको छ ।

कतारी अमीर एच एच शेख तमीम बिन हमद अल थानीले संकट व्यवस्थापनको लागि सर्वोच्च समितिको बैठकमा दिएको निर्देशनअनुसार आगमन उडानहरू र सार्वजनिक यातायात सेवाहरू बन्दको घोषणा भएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोल्वा अल खटरका अनुसार दोहाका लागि कुनै पनि आगमन उडान बुधवार साँझदेखि १४ दिनका लागि बन्द गरिएको छ । यो प्रतिबन्ध दुई हप्तापछि पूनरावलोकन गरिनेछ ।

यद्यपि, हवाई कार्गो, ट्रान्जिट उडानहरू र कतारी नागरिकहरूको उडानलाई भने अनुमति दिइनेछ । त्यस्ता उडानहरूमा आउनेहरू दुई हप्ताको लागि क्वारन्टाइनमा बस्नुपर्ने छ । लोल्वा अल खटरले दोहा मेट्रो र कारवा बसहरूसहित सार्वजनिक यातायात गएराति १० बजेदेखि सञ्चालन बन्द भएका बताए ।

यसैबीच, कतारले कोरोनाको संक्रमणलाई थप फैलिन नदिन झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ । यसमा करिब दुई हजार नेपाली कामदार पनि छन् । जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत कामदारलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन ।