काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बिश्वमा माहामारीक रुपमा देखिएको कोरोना भाईरसको संक्रमणबाट बच्न सबैलाई टेलिफोनबाटै कुराकानी गर्न आग्रह गरेका छन् । उनले एक बिज्ञप्ती जारी गर्दै कोरोना ( कोभिड १९) को संक्रमणबाट बिश्व नै आक्रान्त भएको बेलामा नेपाल र नेपालीहरुलाई पनि यसले मानशिक रुपमा सताएको बताउँदै त्यसको रोकथामको लागि भेटघाट कम गर्न र भेटघाटको अत्यन्तै जरुरी भए टेलिफोनबाट कुराकानी गर्नु राम्रो हुने सुझाब दिएका छन् ।
उनले रोग लाग्नु भन्दा अगार्वरोग लाग्न नदिन सबैले साबधानी अपनाउनु राम्रो हुने महत्वपूर्ण उपाय तीन करोड नेपालीमाझ सुझाव दिएका हुन् । अहिले कोरोना भाईरसका बिषयमा बिभिन्नखाले नकारात्मक समाचारहरु आईरहेका बेला नेता पौडेलको जनताप्रतिको सकारात्मक सुझावले सकारात्मक भूमिखा खेल्न सक्ने अनुमान लगाउन सकिन्छ।
उनको बिज्ञप्तीः






