काठमाडौं । प्रमुख प्रतिपक्ष दलको रुपमा रहेको नेपाली कांग्रेस पछिल्लो समय दिनप्रतिदिन गुटका कारण विवादमा पर्दै आएको छ । पार्टी भित्रका केहि बिभागको प्रमुखमा नियुक्त गर्ने विषयदेखि लिएर अन्य पार्टी महाधिवेशनलायतका विषयमा विवादमा पर्दै आएको हो। कृष्णप्रसाद सिटौला निकटका शिवप्रसाद हुमागाइँले श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुखको जिम्मेवारी पाएपछि भेला डाकिएको हो ।
सोमबार बत्तिसपुतलीमा भएको भेलामा सिटौलाले आफ्नो समूहका नेताहरुलाई भेला गरेका छन् । उक्त भेलावाट आफूहरु एक भएको सन्देश दिने प्रयास गरेका छन् । उक्त भेलामा गगन थापा, प्रदीप पौडेल र अन्य २०० नेता कार्यकर्ता उपस्थित थिए । सिटौलासहित गगन र प्रदीपले आफूहरु छुट्टै वैचारिक समूह भएको बताए । सिटौलाले आफूहरु सभापति शेरबहादुर देउवा वा वरिष्ठ नेता रामचन्द्र पौडेल दुबैको समूहमा नभएको बताए । सभापति देउवाको समूलाई गत १३ औं महाधिवेशनमा सहयोग नगरेपनि महाधिवेशनपश्चात उनकै समूहमा रहेको तेस्रो समूहका नेता सिटौलाले आफ्ना समूहका प्रभावशाली नेताहरु गगन थापा, प्रदीप पौडेल, भीमशेनदास प्रधान, शिव हुमागाईं लागायतलाई समेट्ने प्रयास गरेका छन् ।
उक्त भेलामा गगन थापाले काँग्रेसको शक्ति बढाएर परिवर्तनको वातावरण बनाउने बताए । नेता थापाले १४औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण गर्न सुरु भइसकेको बेला विधान विपरीत विभागहरु बनाएको तथा नवलपरासीमा जिल्ला सभापति मनोनित गर्नु गलत भएको प्रतिकृया दिएका छन् । थापाले पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरे । नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले नै महाधिवेशन नचाहेको आरोप लगाए ।





