वीरगन्ज । कोरोना सक्रमितको लागी नारायणी अस्पालमा गरिएको तैयारीबारे सांसद प्रदिप यादवले चासो लिएका छन् । सामेबार दिउसो नारायणी अस्पतालको स्थलगत अनुगमन गर्दै क्रोना संक्रमितको लागी गरिएको पुर्व तयारीको बारेमा अस्पताल प्रमुखसगं जानकारी दिएका हुन् । अनुगमनमा संक्रमितका लागि वीरगन्जको नारायणी अस्पतालमा स्थापना गरिएको आइशोलसन वार्ड नै फोहोर र दुर्गन्धित रहेको पाइएको छ ।
नारायणी अस्पतालको महेन्द्र आरोग्य भवनको भुइ तल्लाको कोठामा अस्पतालले कोरोना संक्रमितका लागि ५ शैयाको आइशोलेसन वार्ड स्थापना गरेको छ । आइशोलेसन वार्ड स्थापना गरिएको कोठा भित्र माकुराको जालो र फगस व्यामरुपमा दिखिए पछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट माथि पडकनु भएको थियो ।
वार्डको भुइ पनि धुलोले ढाकिएको छ । वार्डमा राखिएका बेड पनि सफा छैन । यस्तै आइशोलेशन वार्डमा राखिने संक्रमीतका लागि छुटटै शौचालय पनि बनाइएको छैन । शौचालयको निर्माण कार्य बल्ल अजबाट सुरु गरिएको छ ।
निरिक्षणका क्रममा आइशोलेसन वार्ड फोहोर र दुर्गन्धित देखेपछि सांसद यादवले तत्कालै सरसफाइ गरेर वार्डलाइ सफासुग्घर र स्वच्छ बनाउन अस्पतालका मेसु डाक्टर मदन उपाध्यायलाइ निर्देशन पनि दिए ।
स्थलगत अनुगमन पछि सन्चारकर्मीसंग कुरा गर्दै सांसद यादवले कोरोनाको संक्रमीत राख्नका लागि अस्पतालमा स्थापना गरिएको आइशोलेसन वार्डमा चरक लापरवाही गरिएको बताए ।
उनले भने ,‘ संक्रमीतलाइ राख्न बनाइएको वार्ड नै सफा छैन , जालो र धुलोले ढाकेको छ , यस्तो कोठामा यदि कोहि संक्रमीतलाइ राखियो भने उ झन अर्कै रोगले संक्रमीत बन्छ ।
अस्पतालको पुरानो भवनमा रहेको स्टोर रुममा स्थापना गरिएको आइशोलेसन वार्ड कुनै दृष्टिले सुरक्षित नरहेको भन्दै उनले भने, “वार्ड भित्र पस्ने बितिक्कै ढुसी गन्हाइरहेको छ , यसलाइ सफाइ गरेर सुधार गर्न मेसुलाइ निर्देशन दिएको छु ।”
निरिक्षणका क्रममा नारायणी अस्पतालको पनि अवस्था लथालिङग भेटिएको सांसद यादवले जानकारी दिए । टर्सरी अस्पतालका रुपमा स्तरोन्नत्ती गरिएको भएपनि अस्पतालमा सेवा सुविधा थपिनुको सटटा अस्पताल झन धराशायी बन्दै गएको पाइएको उहाले बताए ।





