अन्तर्राष्ट्रिय

चीनपछि ईटलीमा कोरोनाको आतंक बढ्दैः २४ घण्टाभित्रै ३ सय ४९ को मत्यु, ३ हजार वढी संक्रमीत

एजेन्सी । चीनको बुहान सहरबाट फैलिएको कोरोनाको माहामारिको शिकार अहिले ईटली बनेको छ । ईटलीमा मृत्यु हुने र संक्रमीतको सङख्या तिब्र गतीमा फैलिरहेको छ ।

पछिल्लो २४ घण्टाभित्र ३ सय ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ सय ५८ पुगेको छ । थप ३२ सय ३३ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या २७ हजार ९८० पुगेको छ ।

उपचार गराइरहेका २३ हजार ७३ जनामध्ये १८ सय ५१ जनाको अवस्था गम्भीर रहेको छ ।२७ सय ४९ जना भने उपचारपछि ठीक भएर घर फर्किसकेका छन् ।

कोरोनाभाइरसको महामारी बढेपछि इटाली सरकारले सबै नाका बन्द गरेर मानिसहरुलाई घरभित्रै रहन आह्वान गरेपनि संक्रमण रोकिएको छैन । त्यहो सोमबारदेखि ‘लक डाउन’ समेत लागु भइसकेको छ ।