अन्तर्राष्ट्रिय

कोरोना प्रभावः इटालीमा २४ घण्टामा ३ सय ४५ को मृत्युः ज्यान गुमाउनेको सङख्या ३ हजार नजीक

काठमाडौं । चीनपछि कोरोनाको चपेटामा परेको दोस्रो मुलुक इटालीमा मृत्यु हुनेको सङख्या अत्यधिक बढेको छ । ईटलीमा कोरोनाले माहामारी रुप लिएको छ ।

विश्व स्वास्थ्य संगनका अनुसार इटालीमा कोरोनाका कारण २४ घण्टामै ३ सय ४५ को मृत्यु भएको छ । कोरोनाका कारण ईटलिमा आज (बुधबार)सम्म ज्यान गुमाउनेको सङख्या २ हजार ५०३ पुगेको छ ।

चीनको बुहानबाट फैलिएको कोरोनाले इटालीमा नराम्रोसंग प्रभाव पारेको छ । ईटलिमा कोरोनाको संक्रमीतको सङख्यामा पनि कुनै कमी छैन । त्यहाँ ३१ हजार ५ सय ५ जनामा संक्रमण फैलिएको छ ।

पछिल्लो २४ घण्टामा यो सङख्या १२.६ प्रतिशतले बृद्धि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । एकदिन अगाडी मात्रै संक्रमितको सङख्या २७ हजार ९ सय ८० रहेको थियो ।

यस्तै विश्वभरी कोरोनाबाट संक्रमीत हुनेहरुको सङख्या करिब दुईलाख पुगेको छ । भने मृत्यु हुनेको संङख्या ७ हजार ९ सय ७६ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चीनपछि अहिले सबैभन्दा बढि प्रभावित ईटली बनेको छ । त्यसपछि क्रमशः ईरान, स्पेन, जर्मनी, दक्षिण कोरीया र फ्रान्स रहेको छ ।